पैंतालीस लाख बढीको दुई हजार बोरा चिनी र केराउ बरामद

Advertisement

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउंपालिका-१ बरुवाबाट सोमबार सशस्त्र प्रहरीले करिब २ हजार बोरा चिनी र केराउ बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा ल्याइ गोदाम गरिएको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २६ गण पश्चिम नवलपरासीले उक्त चिनी र केराउ
बरामद गरेको हो ।

Advertisement

स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडी गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको २ सय बोरा भन्दा बढी चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ रहेको छ । 

करिब ४५ लाख मूल्य भन्दा बढिको अनुमान गरिएको चिनी र केराउ सो ठाउँमा अबैध भन्डारण गरी नक्कली कागजपत्र बनाएर देशका बिभिन्न ठाउँमा सप्लाइ गर्ने गरेको प्रहरीले जनाएको छ । 

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट आज विहान ६७ बोरा प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याएर एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा नं २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा सुरक्षा फौजले ५० किलोको बोरामा रहेको प्याज बरामद गरेको हो ।

बरामद चिनी,केराउ र प्याज आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रियामा प्रहरीले जनाएको छ । 

Advertisement