टी–ट्वान्टी आई त्रिदेशीय सिरिजः घरेलु मैदानमा भएको फाइनल खेलमा नेपालको हार

Advertisement

काठमाडौं । नेपालले टी–ट्वान्टी आई त्रिदेशीय सिरिजको उपाधि गुमाएको छ । घरेलु मैदानमा आ (मंगलबार) भएको खेलमा नेपाल सिरिजको उपाधि जित्न असफल भएको हो । 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टाएपछि झिनो अन्तरले पराजित हुनुपरेको हो । 

Advertisement

टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुरुमा नेपाली ब्याटरले राम्रो प्रदर्शन गरे पनि पछिल्लो समयमा राम्रो प्रदर्शन गर्न असफल भएका थिए । 

Advertisement

Advertisement