अर्थमा विष्णु कि वर्षमान टुंगो नलाग्दा शेयर बजारमा उच्च अंकको गिरावट

Advertisement

काठमाडौं । सोमबार सत्ता गठबन्धन फेरिएपछि एकाएक बजारमा हरियाली छायो, पोजेटिभ सर्किट तेस्रो पटक लागेर ६ अंकले बजार बढेपछि जम्मा ४ मिनेटमै बजार बन्द भयो । यही क्रममा बजार ११७ अंकले उचालिएको थियो । 

नयाँ सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्दैछन् भन्ने हल्ला चले पछि बजारमा उछाल देखियो । तर सत्ता गठबन्धनभित्रै मन्त्रालय भागबण्डामा खटपट उत्पन्न भएको खबर सार्वजनिक भएसँग आज पुनः बजारमा करेक्शन देखिएको छ । 

Advertisement

अर्थमन्त्रीमा विष्णु पौडेल नभई माओवादीका वर्षमान पुन आउने हल्ला चले पछि बजार जसरी हिजो माथि चढेको थियो त्यसैगरी आज तल झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.३१ अंकले तल झरेको हो । ३.३८ प्रतिशतले बजार घट्दा नेप्से २००७.६९ अंकमा ओर्लिएको छ । 

आज ३१६ कम्पनीका १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८.०२ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सबैभन्दा बढी गुराँस लघुवित्तका लगानीकर्ताहरुले ८.७३ प्रतिशतले नाफा कमाए । ७० कम्पनीका लगानीकर्ताले नाफा कमाए भने बाँकीको शेयर मूल्य घट्यो ।
 
यसैक्रममा बोटलर्स नेपाल बालाजु, जोशी हाइड्रो, बोटलर्स नेपाल तराई, प्रभु इन्स्योरेन्स र बीपीडब्लू लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.४५, ८.६४ र ८.३१ प्रतिशतले घाटा व्यहोरे । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ४१ करोड ९१ लख २२ हजार ७ सय ३५.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ११.७८ अंकले घट्दा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९.०८ रुपियाँ र हिजो सोमबार ११७.७० अंकले बजार बढेको थियो । 
 

Advertisement

Advertisement