नेपाली बजारमा भित्रियो आइशरको इन्जिन आयल

Advertisement

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै इन्जिन आयल भित्राएको  छ ।

टगालस्थित बतास एमएडब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आइशरको इन्जिन आयल भित्राएको जानकारी दिए ।  

Advertisement

सो कार्यक्रमको अवसरमा बतास एमएडब्लु कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक बतासले आइशर इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । 

सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एमएडब्लु प्रतिबद्ध रहेको  जानकारी दिए ।  

साथै गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको प्रमुख कार्यकारी अधिकृत  दीपककुमार अग्रवालले बताए । 

आइशर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल, आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । आइशर ल्यूब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमाप्रयोग गर्न सकिने जनाइएको छ ।


 

Advertisement