समग्रमा बीमा गर्नेहरु घट्दा वैदेशिक रोजगार बीमालेखको संख्या भने ४४.५० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । युवाहरु विदेशिनेक्रम बढेसँगै वैदेशिक रोजगार बीमालेख ४४.५० प्रतिशतले बढेको छ । 

नेपाल बीमा प्राधिकरणका अनुसार २०७९ माघ मसान्त बीमा कम्पनीहरुले जारी गरेका वैदेशिक रोजगार बीमालेखको संख्या  १३ लाख ६० हजार ३ सय ८८ रहेकोमा २०८० माघ मसान्तसम्म बढेर १९ लाख ६५ हजार ७ सय ६४ पुगेको छ । 

Advertisement

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमादेखिबाहेक २०७९ माघ मसान्तसम्म १७.९० प्रतिशत थियो भने २०८० माघ मसान्तसम्म घटेर १७.१२ प्रतिशतमा झरेको छ । 

त्यस्तै त्यस्तै बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी जीवन बीमालेखसहित २०७९ माघ मसान्तसम्म ४०.२३ रहेकोमा २०८० माघ मसान्तसम्म घटेर ३६.७२ प्रतिशतमा झरेको छ । 

त्यस्तै बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित २०७९ माघ मसान्ममा ४४.७० प्रतिशत रहेकोमा घटेर २०८० माघ मसान्तसम्म ४३.१४ प्रतिशतमा झरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।  
undefined

Advertisement