राशिफलः आज (फागुन २३) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको २३ गते बुधबार, फाल्गुन कृष्णपक्षको एकादशी तिथि । आज विजया एकादशी रहेको छ । 

मेष 
जीवनसाथिको साथले अर्थ राख्ने छ । व्यक्तित्व दृढ खालको हुने छ । कतिपय अवस्थामा आवश्यकता भन्दा बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले अन्य व्यक्तिहरुले घमण्डि जस्तो अनूभुत समेत गर्ने भएकाले यसको सीमालाई बुझ्ने प्रयास गर्नुहोला । साझेदारीमा  गरिएका कामहरुमा समस्या देखा पर्ने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।

Advertisement

वृष
प्रेममय स्वाभाव हुने छ । आफ्नो जीवनसाथिप्रति समर्पित रहेर कार्य व्यवहारहरु गर्न मन लाग्ने छ । 
पेशाप्रति केन्द्रीत हुने स्वाभावमा बृद्धि हुने छ । पेशागत क्षेत्रमा उन्नति, प्रगति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला । शेयर बजार मध्यम खालको हुने छ । 

मिथुन 
सुख सुविधाका साधनहरुमा मन जाने छ । दुविधात्मक शैलीको व्यक्तित्व हुन जाने छ । मनोबलमा कमि देखा पर्ने छ । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु होला । परिवारको आड भरोसाले गर्दा अप्ठ्यारो परिस्थितिमा संहालिन मद्धत पुग्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कर्कट
सन्तानप्रति समर्पित हुन मन लाग्ने छ । धन सम्पत्ति शिक्षा वा क्षमता अभिबृद्धिमा लगाउन मन लाग्ने छ । बोलीमा प्रभावकारीता बृद्धि हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । भाग्यको साथ नभएका कारण धैर्य हुँदै अघि बढ्न ध्यान दिँदा उपयुक्त हुने छ । शेयर बजार औसत बन्ने छ । 

सिंह
आफ्ना सपना तथा आम्दानीलाई परिवारको खुशीमा लागउन मन लाग्ने छ । बोलीमा नरमपना र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय खुबीमा बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कन्या
यात्रारत रहनु पर्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने आम्दानीका विषयमा बोली प्रभावकारी बन्न पुग्ने छ । मनोबलमा हल्का गिरावट देखिने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

तुला
मनमा उदासिनताको क्रम आइरहने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि बृद्धि देखिने छ । बोलीको प्रभावमा भने कमि आउने हुँदा धेरै बोल्ने भन्दा कम तर प्रभावरी बनाउने प्रयास गर्नु उपयुक्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

वृश्चिक
शितल खालको व्यक्तित्व हुने छ । बोलीमा भने अलि कटु प्रकृतिको भाव बृद्धि हुने हुँदा ध्यान दिनु होला । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । अध्ययन अध्यापनमा भने प्रगति हुने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

धनु 
आम्दानीमा गिरावट आउने छ । विभिन्न खाले अवरोधहरुको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । जीवनसाथिको साथसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

मकर 
प्रतिष्पर्धामा कमि आउने छ । यसले पेशागत जीवनमा पनि असर पर्ने देखिएकाले अरुको कुरा भन्दा पनि आफ्नो भित्रि मनमा लागेका कुराहरु गर्ने तर्फ जाँदा पेशागत जीवनमा फाइदा मिल्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । चतुरतामा बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कुम्भ 
मनमा खिन्नता र उदासिनताको मात्रा निरन्तर रहने छ । चिसोले सताउने छ भने पानीजन्य विषयमा सतर्क रहनु होला । भाग्यहिनताको आभाष हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने नसोचेका समस्याहरु देखा पर्ने भएकाले सतर्कतासहित कदम चाल्नु होला । दाम्पत्य जीवनमा मधुरता आउने छ । शेयर क्षेत्र औसत रहने छ । 

मीन
मनमा दुविधाका क्रमहरु आए पनि त्यसलाई छिचोल्न मन दृढ हुने छ । निर्णय क्षमतामा भने केही गिरावट नै देखिने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । पेशागत क्षेत्रबाट लाभ प्राप्त हुने छ । बोलीको प्रभावमा बृद्धि हुन जाने छ । रिस भने कडा प्रकृतिको हुने भएकाले संयमित रहनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement