सरकारले कृषि बीमाको अनुदान नदिएपछि अब पूरै बीमाशुल्क नलिई बीमा नगर्ने कठोर निर्णय

Advertisement

काठमाडौं । सरकारले कृषि बीमाको अनुदान नदिएसँगै निर्जीवन बीमा कम्पनीहरुले अब पूरै बीमाशुल्क लिएर मात्रै यस्तो बीमा गर्ने निर्णय गरेका छन् । 

नेपाल बीमक संघले बुधबार विज्ञप्ति जारी गरी अब कृषिसम्वन्धी पूरा बीमाशुल्क प्राप्त भएपछि मात्र बीमा लेख जारी गर्ने निर्णय भएको बताएको छ । यससम्वन्धमा संघले कृषि तथा पशुविकास मन्त्रालयलाई पनि जानकारी गराएका छन् । 

Advertisement

बीमा कम्पनीहरुले कृषिबीमावापतको लिन बाँकी रकम दुई अर्ब पुगिसकेको छ । तर राजश्व संकलनको लक्ष्यमा भारी गिरावट आएसँगै सरकारी कर्मचारीहरुलाई समेत आन्तरिक ऋण उठाएर तलब भक्ता खुवाउनुपर्ने अवस्था सिर्जना भएपछि कृषिबीमाको अनुदानदेखि निर्माण व्यवसायीको कामको रकम अर्बौं रकम दिन ढिलाई गर्दै आएको छ । 

बीमक संघले बक्यौता रकम लिन कृषि मन्त्रालयसहित कृषि विभागसँग बारम्बार बैठक बस्दा र मौखिम तथा लिखितरुपमा अनुरोध गर्दासमेतसमस्या समाधान नभएको छ । बीमा कम्पनीहरुले पाउनुपर्ने रकम बढ्दै गएको तर भुक्तानी हुँदै नभएकाले आफूहरु अब थप जोखिम लिननसक्ने भन्दै सोही कारण आफूहरुलाई दावी भुक्तानी दिन समेत असहज भएको बताएको छ । 

undefined


 

Advertisement

Advertisement