एक करोड १९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १९ हजार ५ सय ८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । विभिन्न चार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । ​

यसैक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ८.६३ प्रतिशत बोनस बापतको १९ लाख ८६ हजार २ सय २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

Advertisement

त्यस्तै जीवन विकास लघुवित्त शेयरधनीहरुलाई प्रदान गरेको १४ प्रतिशत बोनस बापतको १६ लाख ५४ हजार ८ सय ४७ कित्ता शेयर पनि सूचीकृत भएको छ । 

यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १०.२६१२ प्रतिशत बोनस बापतको १९ लाख ५४ हजार ३ सय २० कित्ता शेयर पनि आजै सूचीकृत भएको छ । 

यता, सोल्टी होटल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको ४४ लाख २३ हजार ८ सय ६४ कित्ता शेयर हिजो सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement