प्रभु बैंकको ८४ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

Advertisement

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक समूहतर्फको ८४ हजार १४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

Advertisement

शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी आजबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

यसअघि बैंकका विद्यमान संस्थापकलाई शयर बिक्री खुला गर्दा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा आएको हो ।

Advertisement

Advertisement