कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

Advertisement

काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्पm र आर्मीले पुरुषतर्पm कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४०–१३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो । 

Advertisement

पुरुषतर्पm पनि सशस्त्र प्रहरी बलको एपिएफ टोली उपाधि जित्न असफल रह्यो । एपिएफ फाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीसँग ३४–२४ स्कोरको अन्तरले पराजित हुन पुग्यो ।

विजेता पुलिस र आर्मीले २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त ग¥यो । एपिएफको महिला र पुरुष दुवै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार चित्त बुझाउनु पर्यो । बुधवारदेखि भएको शुरु भएको दुईदिने प्रतियोगितामा पुरुषतर्पm आर्मीका प्रदीप मिजार र महिलामा मानमति बिष्ट उत्कृष्ट खेलाडी घोषित भए । दुवै ट्रफी प्राप्त गरे । उनी गत १९औं एशियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कांस्य पदक जित्दाकी सदस्यसमेत हुन् । महिलामा पुलिस, एपिएफ र उपत्यकाले प्रतिष्पर्धा गरेका थिए ।

पुरुषमा आर्मी, एपिएफ, नेपाल पुलिस र उपत्यकाले प्रतिष्पर्धा गरेका हुन् । पुरुष र महिला दुवैमा लिगको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुुन् । प्रतियोगिताका विजेतालाई नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र संघका महासचिव अरविन्दकुमार झाले पुरस्कृत गरेका थिए ।

Advertisement

Advertisement