इटहरीमा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता क्षमता अभिवृद्धि तालिम तथा सम्मान

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार इटहरीमा अभिकर्ताको क्षमता विकास तालिम सम्पन्न गरेको छ । उपक्षेत्रीय कार्यालयअन्तर्गतका इटहरी, इनरुवा, धरान, भोजपुर, गाईघाट, धनकुटा शाखा तथा क्षेत्रीय कार्यालयअन्तर्गतको विराटनगर शाखामा रहेर उत्कृष्ट कार्य गर्ने तीन सयभन्दा बढी एजेन्सी म्यानेजरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न शीर्षक मा उत्कृष्ट व्यवसाय गरेका ५५ जना वरिष्ठ एजेन्सी म्यानेजरलाई कम्पनी का प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले उपहार तथा सम्मान प्रदान गरे । त्यस्तै, शाखामा रहेर उत्कृष्ट व्यवसाय गरेबापत उनीहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र खतिवडाले अभिकर्ताको क्षमता अभिवृद्धिसम्बन्धी अभिकर्ताले सेवाग्राहीसँग प्रस्तुत हुने व्यवहार, सफलताका सूत्र , कम्पनीका बीमा योजना तथा कार्यदक्षताका विधि र नियमबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसाईंले अभिकर्ताले आफ्नो क्षमतामा कसरी निखार ल्याउनुपर्छ बन्ने विषयमा उत्प्रेरणात्मक मन्तव्य राखे । 

त्यसैगरी, डेपुटी नेसनल सेल्स हेड टीकादत्त प्याकुरेल, कोशी प्रदेश क्षेत्रीय प्रमुख  पुष्कर भट्टराई, उपक्षेत्रीय प्रमुख जगतनाथ फुँयालको उपस्थिति थियो । 

Advertisement