चार करोडको हिनामिना गरेका दिव्य शान्ति सहकारीका अध्यक्ष महर्जन पक्राउ

Advertisement

काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् ।

सञ्चालकले आफूहरुलाई ठगेको भन्दै सो सहकारीका ४० जनाभन्दा बढी बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । बचत फिर्ता गर्न पटक–पटक गरेको अनुरोधलाई बेवास्ता गरी उल्टै महर्जन कार्यालय बन्द गरेर फरार भएका थिए ।  

Advertisement

बचतकर्ताको करिब चार करोड रुपियाँ अपचलन गरेर फरार भएको बताइएको छ । 

उनलाई यही फागुन २३ गते चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याई कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गर्ने तयारी छ । 

सहकारी कृष्ण महर्जनका परिवारका सदस्य र आफन्त मिलेर चलाउँदै आएका थिए । कृष्णकी श्रीमती अञ्जलाले सो सहकारीको व्यवस्थापकको रुपमा काम गर्दै आएकी थिइन् ।

 

Advertisement

Advertisement