भारतमा मोदीले फेरि खाना पकाउने ग्यासको मूल्य घटाए

Advertisement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपियाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गरेका छन् । 

द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार एलपीजीको मूल्य कटौतीले करिव ३३ करोड घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ । मोदीले यसअघि पनि विपन्न परिवारलाई लक्षित गरी ग्यासको मूल्य घटाउने र निःशुल्क वितरण गर्ने निर्णय गरेका थिए । सिन्ह्वा– नान

Advertisement

Advertisement

Advertisement