एघार करोड ६७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस शेयर र हकप्रद कुन कम्पनीको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ११ करोड ६७ लाख ३ हजार ४ सय ४२.१७ कित्ता शेयर सूचीकृत भएको छ । तीन कम्पनीको बोनस शेयर र एक कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको हो ।

यसैक्रममा नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.७५ प्रतिशत बोनस बापतको ३७ लाख ९५ हजार २ सय ३५.७६ कित्ता शेयर सूचीकृत भएको हो ।

Advertisement

त्यस्तै मुक्तिनाथ विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ९.७५ प्रतिशत बोनस बापतको ६२ लाख ६० हजार ३ सय ७७.७६ कित्ता शेयर सूचीकृत भएको छ ।

यता, आरएसडीसी लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ८.६ प्रतिशत बोनस बापतको ७ लाख ४७ हजार ८ सय २८.६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरी अपर तामाकोशी हाइड्रोले शेयरधनीहरुलाई बिक्री गरेको १०० प्रतिशत हकप्रद बापतको १० करोड ५० लाख कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement