उच्च अदालत दिपायलका रजिस्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर

Advertisement

काठमाडौं । विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिस्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

अदालतले उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले बताए । 

Advertisement

‘रकम हिनामिना गरी भ्रष्टाचार गरेको भेटिएकाले कटवाललाई नौ महिना कैद र रु चार लाख ९८ हजार ९९५ जरिवाना तथा बिगोबमोजिम रकम असुलउपरसमेत हुने फैसला भएको छ,’ उनले भने । 

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई दोषी ठहर गरेको हो । कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब रु पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको उपरजिष्ट्रार तथा प्रवक्ता कार्कील बताए । 
 

Advertisement

Advertisement