रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

Advertisement

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनीका प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका हुन् । 

गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको आठ महिनामा मैदानको निर्माण कार्य सम्पन्न भएको हो । कुल ४० करोड रुपियाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । 

Advertisement

मैदान उद्घाटन भएसँगै आजबाट लिजेन्ड्स कप पनि शुरु हुँदैछ । नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिष्पर्धा हुनेछ । 

Advertisement

Advertisement