शेयर बजारमा उच्च अंकको बृद्धि, साढे चार अर्ब नाघ्यो कारोबार, पाँच कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.५८ अंकले उचालिएको हो । २.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २१ सय अंक पार गर्दै २१११.२४ अंकमा पुगेको छ । 

Advertisement

आज ३०५ कम्पनीका १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७.८२ रुपियाँ बराबरको कारोबार छ । 

बजार उचालिएसँगै विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । जनउत्सान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै हिमालयन ८०–२० का लगानीकर्ताहरुले सबैभन्दा बढी २.५७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड, १९ लाख ३३ हजार ७ सय ८६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २२.१० अंकले बजार उचालिंदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८.९१ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो । 
 

Advertisement

Advertisement