स्रोत नखुलेको नेरु ९१ लाख र भारु १४ लाख ४० हजारसहित पाँच जना पक्राउ

Advertisement

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका– ४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार सात सय नेपाली रूपियाँ र ११ लाख भारतीय रूपियाँसहित तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसिपुर उपमहानगरपालिका– ९ बस्ने ४३ वर्षीय कृष्णबहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् । 

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित मानिसहरुलाई पक्राउ गरिएको हो । यसैगरी, नेपालगञ्ज– २ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपियाँ र चार लाख ४० हजार भारतीय रूपियाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका– १६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी बुलेटिनमा उल्लेख छ ।

Advertisement

Advertisement