राशिफलः आज (फागुन ३०) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको ३० गते बुधबार, फाल्गुन शुक्लपक्षको तृतीया तिथि । आज फाल्गुन मसान्ति अर्थात फाल्गुन महिनाको अन्तिम दिन ।

मेष 
शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । अ‍ेत्रबाट हुने आम्दानीमा झिनो बृद्धि देखिने छ । पेशागत जीवन सकारात्मक उन्नति हुने छ । मनमा देखा पर्ने अन्योलताले दुविधात्मक व्यक्तित्व बन्ने भएकाले अरुको विश्वास टुट्न जाने छ । पारीवारिक जीवनमा द्वन्दात्मक वातावरण देखा पर्ने छ । मनोबलमा कमि आउने भएकाले भित्रि मनमा दृढता कमि हुने छ ।

Advertisement

वृष
शेयर क्षेत्र मध्यम खालको हुने छ । पेशागत क्षेत्रमा धैर्य भएर मात्र कदम चाल्नु होला । आर्थिक चुनौतिसँग जुध्नु पर्ने छ । समय धेरै उत्साही भई हाल्ने खालको नरहेकाले धैर्य भएर मात्र पाइला चाल्नु होला । आफ्नो लक्ष्य प्रति केन्द्रीत हुन मनमा निरन्तर दृढता भने कायम रहने छ । साझेदारीमा गरिएका काममा भने धेरै प्रतिकुल हुने छैन् । 

मिथुन 
शेयर क्षेत्रबाट अपेक्षाकृत लाभ हुने छैन् । अन्य क्षेत्रबाट भने आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । बौद्धिक क्षेत्रमा लागेकाहरुको जीवनमा उन्नति प्रगति हुने छ । विदेश यात्रा अनुकुल रहने छ । पेशागत क्षेत्रमा प्रतिष्पर्धीहरुबाट हुने आरोप प्रत्यारोपको सामना गर्दै अघि बढ्नु पर्ने छ ।

कर्कट
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । पेशागत जीवन औसत वातावरणबाट गुज्रने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले कसैसँग डर नलाग्ने स्वाभाव हुने छ । सँगै रिस पनि उच्च रहने भएकाले सतर्क रहनु होला । साझेदारीमा गरिएका काममा तनाव आउने छ । जस्तो सुकै अवस्थामा पनि प्रतिष्पर्धात्मक क्षमता कायम रहने छ । 

सिंह
शेयर क्षेत्रबाट लाभ मिल्न सक्ने छैन् । पेशागत जीवनमा चर्काचर्कीको वातावरण हुने छ । पेशागत क्षेत्रमा मनमा दुविधाका मात्रा बढ्न पुग्ने हुँदा समर्पण भावको कमि हुने छ । साझेदारीमा गरिएका क्षेत्रहरुमा द्वन्द देखा पर्ने छ । परिवारमा द्वन्दको वातावरण रहने छ । संयमित रही पाइला चाल्नु ठिक हुने देखिन्छ ।

कन्या
शेयर क्षेत्र मध्यम खालको बन्ने छ । पेशागत क्षेत्र पनि मध्यम प्रकृति कै रहने छ । धेरै महत्वाकांक्षा भन्दा ठिक्क ठिक्क लक्ष्यसहित अघि बढ्नु ठिक हुने छ । मनमा आउने नैराश्यताका कारण जोश तथा जाँगरको भने अभाव हुनेछ । भाग्यले साथ नदिएकाले धेरै जोखिमपूर्ण कदम भन्दा औसत जीवनलाई जोड दिँदा ठिक हुने छ । 

तुला
शेयर क्षेत्र औसत खालको रहने छ । पेशागत जीवनमा सुखदायी अवस्था आउने छ । अरुको गहिरो विश्वास आर्जन गर्न सकिने छ । डुबेको रकम उठ्ने छ । सवारीसाधन र यसबाट उत्पन्न हुने समस्यासँग जुध्नु पर्ने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । मनमा दुविधाले सताउँदा व्यक्तित्वमा भने गिरावट आउने छ ।

वृश्चिक
शेयर क्षेत्रबाट हल्का लाभ मिल्ने छ । बौद्धिक र जनसम्पर्कमा रही गर्नु पर्ने पेशामा आवद्धहरुको पेशागत जीवनमा सकारात्मक रहने छ । मनमा आउने दोहोरो विचारले निर्णय लिन कठिन बनाउने छ । सञ्चित धनमा नोक्सान हुने वा बिबाद हुने चुनौति रहेको छ ।

धनु 
शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने भएकाले सतर्क रहनु होला । पेशागत जीवनमा अरुसँग जुध्नु पर्ने छ । तर दृढ खालको व्यक्तित्व हुने भएकाले अरुले पेलि हाल्न भने सक्ने छैनन् । मनमा आउने दुविधात्मक अवस्थाले भने भइरहेको व्यक्तित्वमा कमि गराउने छ । 

मकर 
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई शुभ रहने र प्रशंसा प्राप्त हुने छ । व्यावसायमा आवद्धहरुका लागि औसत समय रहने छ । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश नै हुनु पर्ने पनि छैन् । मनमा दृढताको मात्रा बढ्ने हुँदा कठिनाईहरुसँग जुध्ने तागत मिल्ने छ ।

कुम्भ 
शेयर क्षेत्रबाट लाभ हुने छैन् । पेशागत जीवन र क्षेत्र औसत अवस्थाबाट गुज्रने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । आम्दानीमा थोरै बढोत्तरी हुने छ । मनका कुरा अरुलाई भन्न मन नलाग्ने स्वाभाव हुने हुँदा एकान्त प्रिय लाग्ने छ । पारीवारिक जीवनमा द्वन्दात्मक अवस्था आउने र अविश्वास आउने छ । 

मीन
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । पेशागत जीवनमा पनि संघर्षमय अवस्थाबाट गुज्रनु पर्ने छ । आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुन मन लाग्ने छ । मनोबल भने कमजोर हुन जाने भएकाले अरुले कमजोर आँक्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साहको कमि आउने छ । मित्रहरुको सहयोगले ठुलो मद्धत मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement