काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
अस्पतालले अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पदमा तीन जना पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले यही चैत ८ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
उम्मेदवारको उमेरहद २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिलाको हकमा भने ४५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।