सुन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

पुन सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् । गत साउन २ गते बरामद भएको ६० किलोभन्दा धेरै अवैध सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि उनी छानबिनको दायरामा परेका थिए । तर, अहिलेसम्म प्रहरीले पुनलाई पक्राउ गर्न सकेको थिएन् । 

Advertisement

सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने आएसँगै उनी पक्राउ पर्ने परिस्थिति बनेको हो । सुन तस्करीसम्वन्धी जाँचबुझ आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । 

सुन प्रकरणमा पुर्पक्षका लागि दावा छिरिङ थुनामा छन् । पुन सुन तस्करीमा रहेको भिडियोहरु पनि बाहिर आएका थिए । समाचारअनुसार छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए । कान्तिपुर सहकारीमा समेत यसअघि सञ्चालक रहेका पुन दावासहित चिनियाँ सुन तस्करसँग हेलिकप्टरमा गोसाइकुण्ड पनि घुम्न गएका थिए । अमला रोका भने फरार छिन् ।

Advertisement

Advertisement