आन्दोलनरत सहकारीपीडित र सरकारी टोलीबीच वार्ता हुँदै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । आन्दोलनरत सहकारीपीडितको माग सम्बोधन गर्न सरकारले आज  वार्ता गर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन भएको छ ।

Advertisement

वार्ता टोलीमा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे सह–संयोजक, गृह मन्त्रालय र अर्थ मन्त्रालयका एक–एक जना सदस्य र सहकारी मन्त्रालयका उपसचिव विष्णु पौडेल सदस्य सचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन भएको छ ।

वार्ता टोलीले संघर्षरत पक्षसँग वार्ता एवं छलफल गरी समस्या समाधानका लागि नीतिगत, कानुनी, संरचनागत एवं व्यवस्थापकीय पक्षमा गर्नुपर्ने व्यावहारिक र कार्यान्वयनयोग्य विषय मन्त्रालयमा सिफारिस गर्नेछ ।

Advertisement

Advertisement