मन्त्री भण्डारीले निजी क्षेत्रसँग गरे लगानी सम्मेलन केन्द्रित छलफल

Advertisement

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आज निजी क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रित छलफल गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले आगामी वैशाख १५ र १६ गते सरकारले आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्तालाई सहज वातावरण निर्माण हुने कानुन बनाउने विषयमा कुराकानी गरेका हुन् ।  

Advertisement

विभिन्न चरणमा निजी क्षेत्रबाट सरकारले कानुन निर्माणका विषयमा सुझाव लिइसकेको छ । निजी क्षेत्रले तयारी अवस्थामा रहेका १० ऐन र दुई विनियमावलीलाई अब संशोधन नगरी जस्ताको त्यस्तै संसद्मा पेस गर्न सुझाव दिएको महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए । 

लगानीकर्तालाई सहज बनाउन निजी क्षेत्रले दिएको सुझावलाई सकारात्मक रुपमा लिई उद्योग मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री संघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल र जोत्सना श्रेष्ठ तथा परिसंघका अध्यक्ष राजेश अग्रवाल र उपाध्यक्ष वीरेन्द्र पाण्डेलगायत सहभागी थिए । 

Advertisement

Advertisement