सरकारलाई पैसाको अभाव होइन, पूँजीगत खर्च गर्ने क्षमताको कमी छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्कय रहेको बताएकाछन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारसँग अहिले पर्याप्त मात्रामा पैसा रहेको बताए । 

Advertisement

उनले लगानी गर्ने पर्याप्त पूँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताए । उनले अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको बताए । अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको बताए । 

सरकारलाई विदेशी विकास साझेदारहरुले ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको ५ खर्ब रकम रहेको बताए ।  उनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिएपनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए । उनले प्रतिवद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समिक्षा गर्नुपर्नेमा जोड दिए । विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि  अहिले ७ प्रतिशतमा सिमित रहेको बताए । पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताए । 

उनले पूँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सरकारले नसकेको विषयमा समिक्षा जरुरी रहेको बताउनु भयो । उहाँले सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतीलाई समाना गर्न सकिने अवस्थामा रहेको बताए । देशको समृद्धि, सुशासन, सामाजिक न्याय सबैको साझा प्रतिवद्धता भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताए । विगतमा जस्तो नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति फरक–फरक भएको टिप्पणीलाई अब एकीकृत रुपमा ल्याउने प्रतिवद्धता जनाए । 

बजेट प्रणाली र आर्थिक सुधारका लागि चालिएका कदमलाई तीव्रताका साथ कार्यान्वयन गरिने जानकारी दिँदै अर्थमन्त्री पुनले अन्तरराष्ट्रिय प्रतिबद्धताअनुसार दिगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक ऋणलाई उत्पादनमूलक र बढी प्रतिफल दिने क्षेत्रमा परिचालन गरिने बताए ।   

Advertisement

Advertisement