रिडी पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपियाँबराबरको  
७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 

Advertisement

सो प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरिसकेको छ । माघ २१ गतेसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रद बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । 

कम्पनीको हकप्रदमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिन्छ ।  

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गरेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपियाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement