ब्लगर जोडी फर्नान्डा र भिसेन्टेले गरे नेपालको भ्रमण, ‘पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ’- व्यवसायी

Advertisement

काठमाडौं । ब्राजिलियन र स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर जोडी फर्नान्डा र भिसेन्टेले हालै नेपालको भ्रमण गरेका छन् । उनीहरु मोटरसाइकलमा भारत हुँदै नेपाल आइपुगेका थिए । 

ब्राजिल एण्ड स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर फर्नान्डाले सामजिक सञ्जालनमा पोस्ट गर्दै श्रीमान् र आफू काठमाडौं आइपुगेकी बताएकी छन् । 

Advertisement

उनी आफनो पोस्टमा लेख्छिन्, ‘हामीले काठमाडौंका सबै क्याफेहरू चिन्यौं, यहाँ धेरै प्रकारका रेस्टुरेन्टहरू र क्याफेहरू रहेछन्, यहाँ धेरै पर्यटकीय क्षेत्र देखेर छक्क पर्यौं । सडकमा हामीलाई धेरै जसो मानिसहरूले चिने, हामी सामान्य जोडी होइनौं, तर यहाँका मानिसहरु धेरै मिलनसार रहेछन् ।’ 

ब्राजिल एण्ड स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर फर्नान्डाले अब आफू र श्रीमान्लाई नेपाली हस्तनिर्मित पर्स मन परेको र किन्नेको बताउँदै नेपालबाट स्पेन जान लागेकी सामाजिक सञ्जाल मार्फत उल्लेख गरे । 

ब्लगर जोडी फर्नान्डा र भिसेन्टे भारतबाट छुट्टाछुट्टै मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा झारखण्डको दुम्का जिल्लामा रातको समयमा अस्थायी टेन्टमा बसेका थिए । त्यही फर्नान्डालाई सात पुरुषले कुटपिट र सामूहिक बलात्कार गरेको र भिसेन्टेलाई पनि हेल्मेट र ढुङ्गा प्रयोग गरी घाइते बनाएका थिए । 

उनीहरूले प्रहरीमा सम्पर्क गरेपछि सात जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा १.५ मिलियन फलोअर्स रहेका छन् । मोटरसाइकल ट्राभल ब्लगर जोडी विभिन्न देश हुँदै नेपाल आई यहाँका पर्यटकीय क्षेत्रका तश्वीरहरु सामाजिक सञ्जालनमा पोस्ट गर्दा यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन् । 

फर्नान्डाको पोस्टबाट पनि उनका मिलियन फलोअर्सले नेपाल बारे थाहा पाउने र विश्वमा यहाँको पर्यटन प्रवर्द्धन हुनुका साथै नेपालमा पर्यटकहरु भित्रिन मद्दत मिल्ने पर्यटन व्यवसायीको भनाइ छ । 

Advertisement

Advertisement