सिद्धार्थ प्रिमियरको नगद लाभांश शेयरधनीको खातामा

Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ । 

कम्पनीको फागुन ३० गते सम्पन्न भएको ३०औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीको बैंक खातामा लाभांश जम्मा गराइएको जनाइएको छ । 

Advertisement

हालसम्म पनि अभौतिकीकरण नगराएका वा डिम्याट खाता खोलेर पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको हकमा डिम्याट खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गराएपछि सोही बैंक खातामा नगद लाभांश जम्मा गराइने समेत कम्पनीले बताएको छ ।

undefined

Advertisement

Advertisement