निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे २६ अर्ब १६ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ३ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा कूल २६ अर्ब २६ करोड ८४ लाख कूल बीमा शुल्क आर्जन गरेका छन् । 

१४ निजीवन बीमा कम्पनीले २६ अर्ब १६ करोड ५० लाख र ३ लघु निर्जीवन बीमा कम्पनीले १० करोड ३३ लाख बीमा शुल्क आर्जन गरेका हुन् । 

Advertisement

नेपाल बीमा प्राधिकरण अनुसार सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ३ अर्ब ७१ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४ करोड ३१ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५६ करोड ११ लाख बीमा शुल्क आर्जन गरेको छ । 

सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ७६ करोड १३ लाख रुपियाँ मात्रै बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले ४ करो ९० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ करोड ४८ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेको छ ।  

कुनको कति ? 

undefined 

Advertisement

Advertisement