सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । 

यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सो रेकर्ड पनि तोडिएको छ । 

Advertisement

त्यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतितोला १ लाख २६ हजार ८०० रुपियाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, चाँदी तोला २० रुपियाँ बढेर एक हजार ५१० रुपियाँमा कारोबार भइरहेको छ । 

बुधबार चाँदी प्रतितोला १ हजार ४९० रुपियाँमा खरिदबिक्री भएको थियो ।
 

Advertisement

Advertisement