श्री लालीगुराँस सहकारीका बचतकर्तालाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह

Advertisement

काठमाडौं । सरकारले समस्याग्रस्त श्री लालीगुरासँ बहुउद्देश्यीय सहकारीका बचतकर्ता तथा साहुहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरेको छ । 

बचत फिर्ताका लागि बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भनिएको छ ।

Advertisement

फागुन २९ गते बसेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सो सहकारीलाई सहकारी ऐन, २०७४ काे दफा ११२ बमाेजिम समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त घोषणापछि साथै सोही ऐनको दफा १०५ बमाेजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सरकारले सहकारी व्यवस्थापन समितिलाई पत्र लेखेको थियो । 

undefined

Advertisement

Advertisement