जलवायु परिवर्तनको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौं : सभामुख घिमिरे
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताएका छन् । 

अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भई स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

Advertisement

सभामा नेपालको तर्फबाट प्रभावकारी ढंगबाट सहभागिता जनाएको बताउँदै १४८औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरूको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के काम गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताए । 

त्यस्तै, सभामुख घिमिरेले नेपालले सभामा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताए । नन एलाइमेन्ट मोमेन्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौति, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भएको उनको भनाइ छ । 

‘१४८ औं अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट हामीले प्रभावकारी ढंगबाट सहभागिता जनाएका छाँै । हामीले एउटा लामो समयदेखि त्यसको सदस्य राष्ट्र र सदस्य संसदको हिसावले भुमिका निर्वाह गर्दै आएका छाँै । यस वर्ष पनि त्यही ढंगबाट हामीले यसलाई सफलताको साथ सम्पन्न गरेका छौँ,’ उनले भने, ‘१४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भए ।’

Advertisement

Advertisement