सुनको मूल्य स्थिर, प्रतितोला १ लाख ३० हजारमै कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  आज पनि गत शुक्रबारकै मूल्यमा सुनचाँदी कारोबार शुरु भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ३० हजार र तेजावी सुन तोला प्रतितोला १ लाख २९ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी पनि शुक्रबार जस्तै आज पनि प्रतितोला १ हजार ५ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement