मल्टीपर्पस फाइनान्स क्रसबोर्डर व्यवसायिक सम्झौता गर्नेमा पहिलो

Advertisement

काठमाडौं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । 

गत बिहीबार फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो । फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । 

Advertisement

सम्झौतामा फाइनान्सका नायव महाप्रवन्धक प्रदीपकुमार सिंह र  फोनपे नेटवर्कका प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको छ ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्था मार्फत क्यूआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरुले व्यवसायहरुमा कारोवार गर्दा हाललाई भारतीय यूपीआई अन्तर्गतका बीएचआईएम तथा फोन पे एप मार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्सका फोनपे क्यूआरमा प्रयोग गर्न सकिने वित्तीय संस्थाका नायव महाप्रवन्धक सिंहले बताए । 

Advertisement