सिद्धार्थ बैंकले ग्लोबल मनि वीकका अवसरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले बिधार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२४ मार्च १८ देखि २४ गतेसम्म ग्लोबल मनि वीकका अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकद्वारा देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानहरुमा बिधार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

Advertisement

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइ बिधार्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १,७६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

साथै,  विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरु सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ जनाबिधार्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको हो । 

undefined

Advertisement