साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

Advertisement

न्यूनतम प्रतिकित्ता ३३० रुपियाँ तोकिएको यो शेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक हजार कित्ता र अधिकतम चार हजार कित्ता खरिदका लागि आवेदन दिुनपर्नेछ । 

आवेदन आगामाी वैशाख २३ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तका शाखा कार्यालय झापा, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमार्फत आवेदन दिनुपर्नेछ । 

Advertisement