काठमाडौं । नेपाल एसबीआई बैंकले हालको मोबाइल बैकिङ एप ‘मेरो साथी’ बन्द गर्ने भएको छ ।
बैंकले क्रमिक रूपमा आगामी वैशाख १८ गतेसम्म ‘मेरो साथी’ एप विस्थापित गरी नयाँ एप ‘योनो नेपाल एसबीआई’ ल्याउने भएको जनाएको छ ।
हालसम्म ‘मेरो साथी’ एप प्रयोग गरिरहेका आफ्ना प्रयोगतकर्तालाई अब ‘योनो नेपाल एसबीआई’ प्रयोग गर्न पनि बैंकले आग्रह गरेको छ ।