एउटै प्रकृतिका एकभन्दा बढी खाता बन्द गर्न ग्लोबल आईएमई बैंकको आग्रह

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंकले एकभन्दा बढी खाता हुने ग्राहकलाई खाता बन्द गर्न आग्रह गरेको छ । 

बैंकले स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता भएमा त्यस्ता खाता बन्द गर्न आग्रह गरेको हो । 

Advertisement

बैंकले पटकपटक सूचना प्रकाशित गर्दा पनि त्यस्ता खाता अझै बाँकी रहेकाले आजको सात दिनभित्र बन्द गर्न भनेको छ । 

साथै, बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८० बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृति व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको (तोकिएका खाताबाहेक) एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था रहेको पनि स्मरण गराएको छ । 

सात दिनभित्र त्यस्ता प्रकृतिका खाता बन्द नभएका बैंकले स्वतः बन्द गर्ने पनि जनाएको छ । 
 

Advertisement