नेपाल ‘ए' र आयरल्यान्ड ‘ए’ भिड्दै,  क्लिन स्विप हुनबाट जोगिने मौका
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । आज नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तेस्रो तथा अन्तिम टी–२० खेल खेल्दैछ । 

खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । 

Advertisement

नेपाल ‘ए’ यसअघिका दुई खेलमा पराजित भइसकेको छ । पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । 

दुवै खेलमा नेपाल ‘ए’ का मध्यक्रमका ब्याट्सम्यानहरू चल्न नसक्दा पराजित हुनुपरेको थियो । 

आज जित निकालेको खण्डमा नेपाल क्लिन स्विप हुनबाट जोगिनेछ ।

Advertisement