स्टार माइक्रो इन्स्योरेन्सले लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने

Advertisement

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । 

कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संघसंस्थाको सुविधालाई मध्यनजर गर्दै कम्पनीले तालिम सञ्चालन गर्न लागेको हो ।

Advertisement

तालिम लिनका लागि न्यूनतम एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा चैत्र २५ गतेसम्म सम्पर्क राख्न सक्नेछन् ।

तालिम चैत्र २७ गतेदेखि ३० गतेसम्म बिहान १० बजेदेखि सञ्चालन गरिने कम्पनीले बताएको छ । तालिम सञ्चालन कम्पनीको प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा हुनेछ ।

Advertisement