सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न मन्त्री अधिकारी र गभर्नरबीच छलफल

Advertisement

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सहकारीका समस्या समाधानका विषयमा छलफल गरेका छन् ।  

मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायाधीकरण गठन गर्न प्रक्रिया अघि बढाएकाले यसलाई कार्यान्वयनमा सहयोग पुर्याउन गर्भनर अधिकारसँग आग्रह गरेका थिए । 

Advertisement

उक्त छलफलमा मन्त्री अधिकारीले मन्त्रालयले कर्जा सूचना केन्द्र स्थापना र बचत संरक्षण कोष स्थापना गर्ने प्रक्रिया अघि बढाएको जनाउँदै  मन्त्रालयले केन्द्रमार्फत आर्थिक कारोबार गर्ने सहकारीको नियमन गर्न चाहेकाले राष्ट्र बैंकले यसको नेतृत्व लिन आग्रह गरे । 

सो अवसरमा गभर्नर अधिकारीले कर्जा असुली न्यायाधीकरण र कर्जा सूचना केन्द्र आवश्यक रहेको निष्कर्ष सरकारले निकालेपछि राष्ट्र बैंकले त्यसको ढाँचामा आफ्नो तर्फबाट सुझाव दिँदै कार्यान्वयनमा सक्दो भूमिका निर्वाह गर्न प्रतिबद्धता व्यक्त गरे । उनले कर्जा सूचना केन्द्रको स्पष्ट संरचनाका विषयमा सरकार र राष्ट्र बैंकबीच छलफल भएर उचित निष्कर्षमा पुग्नुपर्दछ भने । 

छलफलमा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय र राष्ट्र बैंकबीच भएको यस प्रकारको छलफलले छिट्टै सहकारी क्षेत्र ब्यवस्थित पार्न मार्ग प्रसस्त गर्ने विश्वास ब्यक्त गरे । सो अवसरमा सहकारी विभागमा महानिर्देशक पिताम्वर घिमिरे सहभागी थिए । 

Advertisement