सुनको मूल्य आकासियो, प्रतितोला १ लाख ३१ हजार ६ सयमा कारोबार

Advertisement

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबार  उच्च मूल्यमै स्थिर रहेको सुन आज प्रतितोला १ हजार ६ सय बढेर नयाँ रेकर्ड बनेको हो । चाँदी पनि प्रतितोला १० रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement