महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षमा दरखास्त माग

Advertisement

काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकाय राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

परिषद्ले हाल रिक्त महिला आयोगको सदस्य र आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै गरेको समावेशी आयोगमा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । 

Advertisement

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजका मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

आवेदन [email protected] मा पठाउन सकिने परिषद् सचिवालयले जनाएको छ । 

Advertisement

Advertisement