प्रभु महालक्ष्मी इन्स्योरेन्सको लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न

Advertisement

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी शाखाले एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ । 

शाखामा आबद्ध रही कम्पनीले तोकेको व्यावसायिक लक्ष हासिल गरेका उत्कृष्ट अभिकर्तालाई व्यवसाय वृद्धि गर्न के–कस्ता रणनीति आवश्यक पर्छन् भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

Advertisement

कम्पनीले ल्याएको उत्कृष्ट बीमा योजना, जीवन बिमाका आधारभूत सिद्धान्त ,जीवन बीमा अभिकर्ताले पालना गर्नुपर्ने विधि, काम–कर्तव्य, बीमाका सामान्य जोखिम, जोखिमाङ्कन गर्ने प्रक्रिया र सर्त, कम्पनीले ल्याएका मासिक तथा वार्षिक प्रोत्साहन योजना, बिक्री कलालगायतका जीवन बीमा सम्बन्धी विविध विषयमा उप क्षेत्रीय प्रमुख जगत नाथ फुयलले सहभागी अभिकर्तालाई प्रशिक्षण दिए । 

त्यस्तै शाखाले विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लाई सम्मान समेत गरेको छ । अभिकर्तालाई नियमित दिनचर्याभन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धि राम्रो हुने र व्यावसायिक सफलता हासिल गर्न सजिलो हुने कुरा व्यक्त गर्दै शाखा प्रमुख सुरेन्द्र चुडालले कार्यक्रम को समापन गरे । 

Advertisement