महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा सहकार्य

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (एसआईपी) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । 

एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना – एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।   

Advertisement

बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । 

देशभर रहेका लगानीकर्ताहरुको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ । 

बैंकले देशभर १०३ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
 

Advertisement

Advertisement