प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल नियुक्त

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताई छुट्टै पहिचान बनाइसकेका गजुरेललाई कम्पनीले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो ।

मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीलेले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीका सीईओ सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका छन् । 

Advertisement

उक्त अवसरमा सीईओ प्रसाईंले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे ।   

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । 

सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलज्यूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कर्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । 
उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने कम्पनीले जनाएको छ ।

Advertisement