वायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पष्टीकरण, ‘अध्ययनकै क्रममा छ’-प्रवक्ता निरौला

Advertisement

काठमाडौँ । नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ ।

नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो । जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिए । 

Advertisement

उनले भने, “प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ ।” 

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिए । उनले भने, “वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ ।” 

प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते  स्पष्टीकरण सोधेको थियो ।

Advertisement