सर्वोत्तम सिमेन्टद्वारा १५ प्रतिशत नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्टले शेयरधनीहरुका लागि १५ प्रतिशत नगद लाभांश दिने भएको छ । 

सञ्चालक समितिको आज दिउँसो बसेको बैटकले आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव शेखर पौडेलले जनाएका छन् । 

Advertisement

यसैबीच लाभांश पारित गर्न कम्पनीको पाँचौं वार्षिक साधारण सभा बैशाख १२ गते हुने भएको छ । बिहान १० बजे होटल भिलासा भैरहवामा साधारण सभा गर्ने निर्णय भएको हो । 

साधारण सभा प्रयोजनका लागि चैत ३० गते १ दिन बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव पौडेलले बताए ।  
 

Advertisement

Advertisement