आजको मौसम : बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षा, पहाडी तथा हिमाली भेगमा हिमपात

Advertisement

काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ ।  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा यस्तो भएको हो ।

विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । 

Advertisement

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । साथै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

Advertisement