आयरल्यान्डविरुद्ध नेपाल 'ए' को पहिलो खेल आज
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । ट्वान्टी–२० र एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाली ‘ए’ क्रिकेट टिम आयरल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ । 

खेल बिहान ९: ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । 

Advertisement

यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखलामा आयरल्यान्ड २–१ ले विजयी बनेको थियो । 

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने सुखद सुरुवाको लक्ष्यमा हुनेछ ।

खेलमा कप्तान भण्डारीसहित, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल छन् । 

Advertisement