प्रभु बैंकले बिक्रीमा राख्यो एक लाख ६० हजार कित्ता संस्थापक शेयर

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको एक लाख ६० हजार कित्ताभन्दा बढी शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ ।

Advertisement


यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आजको ३५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यकत कागजातसहित आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement